अफिसमा बसेर कफि लिदै काम गर्नु गाह्रो काम होइन। कमसेकम अफिसको कोठा भित्र गर्ने काम शारिरीक रुपमा गाह्रो हुदैन न त ज्यानकै लागि खतरापुर्ण मानिन्छ। आज यहाँ ती कामको बारेमा चर्चा गरिदैछ जसलाई निकै खतरनाक मानिने गर्छ। खतरनाक यो सेन्समा कि यी काम गर्दा ज्यानकै बाजी थापेर गर्नुपर्छ। आउनुहोस् जानौँ विश्वका खतरनाक ४ रोजगारीो बारेमा,

टावर चढ्ने

difficult 4 jobs (3)

अमेरिकाको अक्युपेशनल सेफ्टी एन्ड हेल्थ एडमिनिस्ट्रेशनका एक अधिकारी भन्छन्, सञ्चारको लागि बनाइएको टावरमा चढ्ने काम सबैभन्दा खतरनाक हो। टावरलाई सिधा गर्ने र त्यसमा आएको खराबी ठिक गर्ने क्रममा कयौं कर्मचारीको ज्यान समेत गइसकेको छ। अमेरिकन अधिकारीको अनसुार, कर्मचारी र सम्बन्धि कार्यालयले सुरक्षाको लागि ध्यान नदिने भएकाले पनि यो कार्य ज्यानमारा भएको बताउँछन्।

इलेक्ट्रिसियन

difficult 4 jobs (2)

इलेक्ट्रिसियनको काम दुनियाकै खतरनाक कामको सूचीमा पर्छ। हाइ भोल्टज करेन्ट कुदिँरहेकै तार र खम्बामा काम गर्नुपर्ने यो नोकरी निकै चुनौतीले भरिएको छ। काम गर्दा करेन्टको झड्का मात्र होइन अग्लो खम्बाबाट खस्ने डर पनि उत्तिकै हुन्छ। कयौं अवस्थामा सर्किट विस्फोट हुँदा पनि कर्मचारीको मृत्यु हुने गरेको रेकर्ड छ।

फायर फाइटर्स

difficult 4 jobs (1)आगोसंग लड्ने फायर फाइटर्सको नोकरी सोचे जस्तो सजिलो छैन। अग्ला भवन अनि मुस्किन ठाउँमा आगो निभाउन हरदम तयार भएर बस्नुपर्ने यी व्यक्तिहरुको जिम्मेवारी आगोमा परेका मानिस बचाउने पनि हुन्छ। आफ्नो ज्यान बाजीमा राखेर आगोमा कुद्छन् ज्यान बचाउन फायर फाइटर्स।

अलास्कामा माछामार्ने काम

difficult 4 jobs (4)सुन्दा अनौठो लाग्छ, तर अलास्कामा माछा मार्ने कामलाई विश्वकै गाह्रो कामको सूचीमा राखिएको छ। यो कामसंग जोडिएका मानिसहरुको वर्षेनी ठुलो संङ्ख्यामा ज्यान जाने गरेको छ। यहाँको माछा निकै महंगो हुने गर्दछ तर माछा मार्ने काम भने ज्यानमारा छ।

यो पनि पढ्नुस्।

विश्वकै सबैभन्दा खतरनाक ७ बन्दुक

विश्वकै पहिलो ‘स्यान्ड क्यासल’: बालुवाले बनाइएको होटल

विश्वकै सबैभन्दा महंगी ‘रिङ गर्ल’

विश्वकै सबैभन्दा महंगो धातु

विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान