उत्तर कोरिया विश्वको एक मात्र यस्तो देश हो, जहाँ मृत व्यक्तिको नाममा शासन चलिरहेको छ । अहिले उत्तर कोरियामा किम जोङ सुगको नाममा शासन चलिरहको छ । उनी किम जोङ उनका हजुरबुवा हुन।kim-jong-won

यो देशमा केही परम्परा तथा नियम निकै आश्चार्य र क्रुर लाग्दा छन् । यस्ता केही अचम्म लाग्दा नियमहरुका बारेमा चर्चा गरिएको छ ।

उत्तर कोरियामा कर्मचारीहरुलाई हप्ताको सातै दिन काम गर्नुपर्छ । हप्ताको सात दिन काम गर्दा राष्ट्रको प्रगतिमा आफ्नो योगदान पुग्ने कुरा सुझाइन्छ ।

उत्तर कोरियाका तानाशाह स्वर्गीय किम जोङ दोस्रोले जीवनकालमा आफ्नो जीवनी सार्वजनिक गरेका थिए । उनले लेखेका छन्, उनको जन्म हुँदा आकाशमा दुई इन्द्रधनुष देखिएका थिए । यति मात्रै होइन, उनको जन्मसँगै आकाशमा एउटा ताराको पनि जन्म भएको लेखेका छन् । यस जीवनीमा किम जोङ दोस्रोले आफू भगवान भएको दावी गरेका छन् ।

यदि तपाई उत्तर कोरियामा पनि सन् २०१६ चलिरहेको छ भन्ने सोच्नुहुन्छ भने गलत हुनुहन्छ । उत्तरकोरियामा यतिबेला १०४औँ मे चलिरहेको छ । खासमा, उत्तरको कोरियाको पात्रो किम जोङका हजुरबुबा किम इल सुंगको जन्मपछि सुरु भएको हो ।

सामान्य अपराध गर्नेलाई मृत्युसम्मको सजाय हुन्छ, उत्तर कोरियामा । यहाँ बाइबल राख्ने, अश्लिल दृश्य हेर्ने र दक्षिण कोरियाली फिल्म हेर्नेलाई मृत्युदण्डको सजाय दिइन्छ । यहाँ अपराधको लागि कुनै क्षमा याचना गरिदैन ।

त्यस्तै, उत्तर कोरियामा गरिब नागरिकको तस्विर खिच्न सख्त मनाही छ । विश्वमा आफ्नो देशको बेइज्जत हुने भएकाले गरिब नागरिकको तस्विर खिच्न मनाही गरेकोे त्यहाँका तानाशाहको भनाई छ । गरिबको बिषयमा कुरा गर्न पनि पाँदैन र सन्तुष्ट छु भन्ने देखाउँनुपर्छ यहाँका नागरिकलाई ।

उत्तर कोरियामा जम्मा ३ वटा टिभि च्यानल छन् । यहाँका नागरिक विश्वका बारेमा देखुन् वा जानुन् भन्ने चाहदैन यहाँको सरकार । त्यस्तै, उत्तर कोरियामा सर्वसाधारणलाई कार राख्न दिइदैन । सरकारी सेनाले मात्र सवारी साधन नीजि राख्न पाउने नियम छ । कुनै पनि सडकमा ट्राफिक संकत राखिएको छैन ।

उत्तर कोरियामा केही सिमित व्यक्तिले बाहेक अन्यलाई इन्टरनेट चलाउन पाउने सुविधा छैन । उत्तर कोरियाको आफ्नै कम्प्युटर अपरेटिङ सिस्टम छ, जसको नाम रेड स्टर हो ।

यस देशमा २ हजार महिलालाई ‘प्लेजर स्क्रायड’ अर्थात् खाली सुख भोगका लागि राखिएको छ । यस देशको इतिहासमा खाली किम जोङ पहिलो र किम जोङ दास्रोको गाथा लेखिएको छ ।