२७ माघ, एजेन्सी । विश्वको सर्वोच्च अवार्ड समारोह ओस्कार अवार्डको उपाधि यो वर्ष कोरियन भाषाको चलचित्र ‘प्यारासाइट’ले जित्दै इतिहास रचेको छ ।

कुनैपनि विदेशी भाषाको चलचित्रलाई ओस्कारको उत्कृष्ट चलचित्रको अवार्ड दिइएको यो पहिलोपटक हो । पहिलेदेखि नै एकदमै चर्चा बटुलेको फिल्म ‘प्यारासाइट’ले ओस्कर अवार्ड पाएपछि फिल्मका निर्देशन बोंग जुन–होले आफू निःशब्द भएको बताएका छन् ।

यस्तै वाकिन फिनिक्सले ‘जोकर’ फिल्मको लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘र्याने ज्यानवेगर’ फिल्मबाट जुडीले पाएकी छन् । उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘प्यारासाइट’ले पाएको छ ।

सिनेमाको सबैभन्दा ठूलो सम्मानको रुपमा मानिने यो अवार्डमा अभिेता ब्राण्ड पिटले फिल्म ‘वन्स अपन अ टाइम’बाट उत्कृष्ट सर्पोटिङ अभिनेताको अवार्ड हाँसिल गरेका छन् ।.यस्तै म्यारिज स्टोरीको लागि लारा डर्नले उत्कृष्ट सर्पोटिङ अभिनेत्रीको उपाधि हात पारेकी छन् ।