१२ चैत, एजेन्सी । वेल्सका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

क्लोरेन्स हाउसले पनि चार्ल्समा कोभिड-१९ अर्थात कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गरेको छ । उनमा सामान्य लक्षणहरु देखिएको र अवस्था सामान्य रहेबो बताइएको छ । उनी बेलायतकी महारानी एलिजाबेथ द्वितीयका छोरा हुन् ।