२४ असार, कालिकोट । कालिकोट जिल्लाको नानीकोट गाविस–४ बस्ने मानबीर टमाटाको ९ बर्षीय छोरा अनिल टमाटाको सोलार व्याट्री पड्केर मृत्यु भएको छ ।

सोलार व्याट्री चार्ज गर्ने क्रममा हिजो एक्कासी व्याट्री पड्केर उनको पेटमा लाग्दा भुडी बाहिर निस्केकोले उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।