२७ असार, काठमाडौं । दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । मुख्य योजनाकार भनिएकी पूजा घर्ती मगर भारतबाट समातिएकी हुन् ।

अपहरणपछि हत्या गरिएका तुल्सीपुरका ब्यापारी श्रेष्ठको अपहरणमा संलग्न मगरलाई हिमाञ्चलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसँगै टिकाराम घर्ती मगर र मानबहादुर भण्डारी पनि समातिएका छन् ।

उनीहरुबाट बिस्तृत विवरण प्रहरीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गरेर दिइने जानकारी दिएको छ । श्रेष्ठको हत्यामा संलग्न ४ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । श्रेष्ठसँगै वेपत्ता भएको अर्का व्यवसायी रणबहादुर घर्तीमगरको अवस्था अझै अज्ञात छ । अपहरणको तीन दिनपछि श्रेष्ठको हत्या भएको थियो ।