यदि तपाई शास्त्रमा विश्वास गर्नुहुन्छ भने शनिवारको दिन किनमेल गर्दा थोरै सम्हालिनुहोस् । शास्त्रमा केही यस्ता चीजका बारेमा उल्लेख गरिएको छ, जुन शनिवारको दिन किनमेल गर्नु हुँदैन । खासगरी, फलामबाट बनेको चीज छ भने त्यसलाई नकिन्दै राम्रो हुन्छ ।

१. फलामको किनमेल – फलामलाई शनिदेवको धातु मानिन्छ र शनिवारको दिन फलामबाट बनेको सामान दान गर्नाले शनिदेव प्रसन्न हुन्छन् भन्ने पनि मान्यता छ । तर, यदि तपाई यसको विपरित फलाम किनमेल गर्नुभयो भने तपाईको घर–परिवारमा संकटको पहाड खस्न सक्छ । तपाई आर्थिक रुपले चिन्तित बन्न सक्नुहुन्छ र तपाईको काम बन्दा–नबन्दै बिग्रिन्छ ।

२. नुन र तेल – शास्त्रअनुसार, शनिवार नुन र तेलको खरिद गर्नाले छालासम्बन्धि रोग हुनसक्छ ।

३. कालो तिल – शनिवारको दिन कालो तिल किन्नाले परिवारमा विपत्ति आउँन सक्छ ।

४. कालो जुत्ता – शनिवारको दिन कालो जुत्ताको किनमेल पनि तपाईलाई आपत निम्त्याउँने कुरा शास्त्रमा लेखिएको छ । शनिवार किनेको कालो जुत्ता लगाएर कुनै काममा जाँदै हुनुहुन्छ भने तपाईको दिन नै नराम्रो हुने र काममा बाँधा आउँन सक्ने बताइएको छ ।

५. कैची र मसी – शनिवारको दिन कैची किन्नाले सम्बन्धमा खटपट आउँन सक्छ भने मसी किन्नाले जीवनमा असफलता मात्रै आउँछ ।