२७ भदौ, काठमाडौं ।  एउटै मुद्धाको दश लाखभन्दा बढी लिने वरिष्ठ अधिवक्ता शम्भु थापाले वर्षमा एकलाख मात्र आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको करिब आठ हजार मात्र आम्दानी देखाउने थापाले काठमाडौंका तीन ठाउँमा महल र ठाउँ ठाउँमा जग्गा जोडेका छन् । नेपाल बार एसोसियनको अध्यक्ष बनेर २०६२÷६३ को आन्दोलनमा सक्रिय भएका थापाले आन्दोलन सफल भएपछि राज्यलाई एकपैसा पनि आयकर नतिरेको नयाँपत्रिका दैनिकले खबर छापेको छ ।