२१ असार, एजेन्सी-

‘वार्नर ब्रोज’को उत्कृष्ट चलचित्र ‘शश्यान्क रिडेम्पशन’ हलिवुडको अहिलेसम्मकै सबैभन्दा राम्रो चलचित्रहरूमा पर्छ। यो चलचित्र, ‘एण्डि डुफ्रेन’ले ‘शश्यान्क’ जेलमा बिताएको समय र त्यस जेलबाट सबैलाई झुक्काएर भाग्न सफल भएको कथामा आधारित छ।

‘शश्यान्क’ जेल निकै नै कडा हुन्छ र यो जेलबाट भाग्न अति नै कठिन हुन्छ। तर पनि कैदी ‘डुफ्रेन’ आफ्नो जुक्तिको प्रयोगले यो जेलबाट भाग्न सफल भएका हुन्छन्। सुन्दा अचम्म लाग्न सक्छ तर यो चलचित्र वास्तविक घटनामा आधारित हो।

andy dufresne‘फ्र्यान्क फ्रेशवाटर’, जसको कथामा यो चलचित्र आधारित हो, सन् १९५९मा ओहायो राज्यको जेलबाट फरार हुन सफल भएका थिए र उनि मेलवर्न फ्लोरिडामा पुनःपक्राउ परेका छन्। चलचित्रको ‘शश्यान्क रिडेम्पशन’को शूटिंग सोहि जेलमा गरिएको थियो। ‘फ्रेशवाटर’लाई सन् १९५७मा हत्याको आरोपमा २० वर्ष जेलको सजाय दिइएको थियो। चलचित्रको कथाजस्तै उनि ‘शश्यान्क’ जेलका गार्डहरूको मनपर्ने कैदि बनेका थिए र उनलाई पछि कम सुरक्षाको जेलमा स्थानान्तरण गरिएको थियो।

२० वर्षको जेल सजाय भएपनि उनि जेलकैदमा रहेको ७ महिनामा नै भाग्न सफल भए। यसअघि उनलाई सन् १९७५ सालमा पनि पक्राउ गरिएको थियो। तर ओहायोको जेलमा नराखेर कम सुरक्षा भएको जेलमा राखिएकोले उनि फेरि फरार हुन सफल भएका थिए। त्यसपछिको ४० साल उनले ट्रक चालकको काम गर्दै, अमेरिकामा एक राज्य देखि अर्को राज्य फेर्दै लुकिरहेका थिए।

frank freshwater५६ वर्षदेखी फरार भएपनि अमेरिकाका अधिकृतहरूले ‘फ्रेशवाटर’लाई खोज्न कुनै कसर छाडेनन्। उनिहरूले धेरै दिनको निगरानी पछि ‘फ्रेशवाटर’को अगाडि उनको पुरानो तस्बिर देखाए र यो मानिसलाई देखेका छन् कि भनेर सोधे। ‘फ्रेशवाटर’ले तस्बिरको मान्छेलाई धेरै दिनपछि देखेको भन्दै आखिरमा उनलाई समात्न सफल भएको पनि स्विकार गरे।

पक्राउ परेका ‘फ्रेशवाटर’ अहिले ७९ वर्ष पुगेका छन् र व्हीलचेयरको सहारा लिन्छन्।