३ पुस, एजेन्सी।

केही समय पहिले शाहरुखले असहिष्णुताको विषयमा दिएको बयानलाइ लिएर आज रिलिज भएको फिल्म ‘दिलवाले’ को विरोध शुरु भएको छ। फिल्म रिलिज हुनासाथ दिल्ली, मध्य प्रदेश, गुजरात, राजस्थान, यूपी र महाराष्ट्रको कयौं सहरमा हिन्दुवादी संगठन फिल्मको विरुद्धमा सडकमा उत्रेको भारतीय मिडिया बताउँछन्। केही ठाउँमा फिल्मको पोस्टर च्यातिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको युवा मोर्चाले पनि फिल्मको विरोध गरेको छ।

shahrukh film dilwale birodh (2)मध्य प्रदेशको इन्दोर, भोपाल र जबलपुरमा ‘दिलवाले’को जोडदार विरोध भएको छ। इन्दोरमा प्रदर्शनकारी माथी प्रहरीले लाठी चार्ज गरेको छ। जबलपुरमा फिल्मको पोस्टर च्यातेर विरोध गरिएको बताइन्छ। जबलपुरमा फिल्मको प्रदर्शन नै स्थगित गरिएको छ।

shahrukh film dilwale birodh (4)

उत्तर प्रदेशको इलाहबादमा पनि शाहरुखको फिल्मको चर्को विरोध भएको छ।

किन हुँदैछ विरोध?

शाहरुखले २ नोभेम्बरमा आफ्नो ५० औं जन्मदिनको दिन मिडियामा बोल्दै देशमा असहिष्णुता र असहनशीलता बढेको बताएका थिए। देशमा कट्टरता बढेको भन्दै आफुले पाएको अवार्ड फिर्तासम्म गर्न सक्ने उनले बताएका थिए। उनको यो बयानको धेरै हिन्दुवादी संगठनले विरोध गरेका थिए।

shahrukh film dilwale birodh (1)

यहि हप्ता ‘दिलवाले’ रिलिज हुनु पूर्व, १६ डिसेम्बरमा शाहरुखले एक टिभी च्यानलको कार्यक्रममा बोल्दै आफ्नो असहिष्णुताको बयानको लागि माफी समेत मागिसकेका छन्।

shahrukh film dilwale birodh (3)

यो पनि पढ्नुस्।

शाहरुख, आमिर सहित यो वर्ष सबैभन्दा विवादमा परेका ६ बलिउड कलाकार

एक शताब्दीका सबैभन्दा चर्चित र विवादित १५ तस्विर (फोटो फिचर)

१७५ करोडमा बनेको ‘दिलवाले’ले रकर्ड नतोड्ने अनुमान