८ पुस, एजेन्सी।

शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को एक गित रिलिज गरिएको छ। सन्नी लियोनीको आइटम डान्स रहेको ‘लैला मे लैला’ बोलको यो गित युट्युबमा रिलिज गरिएको दुई दिनमै करिब २ करोड पटक हेरिसकिएको छ।raees-song-2

सन्नी लियोनीको आइटम डान्स रहेको यो गितको चर्चा रिलिज अगावै थियो। अझ सन्नीलाई यहि गितका कारण अंग्रेजी नयाँ वर्षको दिन नाच्नको लागि करोडौंको अफर गरिएका खबर समेत आएका थिए।

यो पढ्नस् : एक कामका लागि सन्नीलाई ४ करोडको अफर !

‘रइस’ यहि जनवरी २५ मा रिलिज हुँदैछ।