४ भदौ, एजेन्सी । यही आगामी भदौ ६ गने श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । भदौ महिनाको कृष्णपक्षको अष्टमी तिथीमा श्रीकृष्णजन्माष्टमी मनाइन्छ । उज्जैनको भागवत कथाकार पण्डित मनीष शर्माको अनुसार श्रीकृष्णको १६ हजार १ सय ८ रानीहरु थिए । यी रानीहरुमध्ये ८ रानी प्रमुख थिए जसलाई पटरानीहरु भनिन्थ्यो । रुक्मिणी, जांबवती, सत्यभामा, कालिंदी, मित्रविंदा, सत्या (नाग्नजिती), भद्रा र लक्ष्मणा श्रीकृष्णकी पटरानीहरु थिइन् । को हुन् त यी रानीहरु ?

रुक्मिणीः विदर्भ राज्यका भीष्म नामक एक वीर राजा थिए । उनकी छोरीको नाम रुक्मिणी थियो । उनी एकदमै सुन्दर र सर्वगुणसम्पन्न थिइन् । नारदले श्रीकृष्णको गुणको बारेमा रुक्मिणीलाई भनेपछि उनी श्रीकृष्णसँग विवाह गर्न चाहन्थिन् । श्रीकृष्ण पनि रुक्मिणीलाई चाहन्थे । रुक्मिणीको एउटा भाइ पनि थियो, जसको नाम रुक्मि थियो । उसले रुक्मिणीको विवाह शिशुपालसँग गर्ने पक्का गरिसकेको थियो । श्रीकृष्णले यो कुरा थाहापाएपछि रुक्मिणीलाई हरण गरेर उनको वासस्थान द्वारका लिएर गए र त्यहीँ उनीहरुले विवाह गरे ।

सत्यभामाः सत्राजित यादव द्वारिकमा बस्थे । उनलाई सुर्यदेवले स्यमन्तक नामक मणी दिएका थिए । श्रीकृष्णले उक्त मणि आफ्नो होस् भन्ने चाहन्थे । तर सत्राजितले यो मणि भाइ प्रसेनजितलाई दिएकी थिइन् । एक दिन प्रसेनजितलाई एक बाघले मारेर त्यो मणी लिएर गयो । फेरि रिछोंको राजाले जाम्बवंतले त्यो बाघलाई मारेर मणी प्राप्त गरे र आफ्नो वासस्थान गए । जब प्रनेसजित घर पुगेनन् तब सत्राजितले श्रीकृष्णले नै मणीको लागि उसको भाइ मारेको भन्ने सोचिन् । प्रनेसजित मरेको थाहा पाएपछि श्रीकृष्ण बनमा गए । त्यहाँ पुगेपछि उनले थाहा पाए की, प्रसेनजितलाई बाघले मारेको र बाघलाई रिंछका राजा जाम्बवंतले मारेको भन्ने थाहा पाए । त्यसपछि श्रीकृष्ण जाम्बवंतको गोडाको पाइलाका आधारमा उनको बासस्थान पुगे । गुफामा जाम्बवंत र श्रीकृष्णको बीच युद्ध भयो र जाम्बवंत पराजित भयो । यसपछि स्वयमंतक मणि लिएर श्रीकृष्ण आफ्नो बासस्थान द्वारका पुगे । त्यहाँ पुगेर श्रीकृष्णले त्यो मणी सत्राजितलाई दिए र आफू दोषी भएको बताए । पछि सत्राजितले श्रीकृष्ण दोषी नभएको थाहा पाए । श्रीकृष्णले निर्दोष साबित भएपछि सत्राजित आफैँ अपमानित मससुस गरे । सत्राजितको मुर्खताको कारण श्रीकृष्णसँग कुनैपनि दुस्मनी नहोस् भन्ने कारणले सत्राजितले आफ्नो छोरी सत्यभामा र श्रीकृष्णको विवाह गरिदिए ।

जाम्बवतीः जब श्रीकृष्ण स्यमंतक मणिको खोजीमा गुफामा पुगे, गुफामा जाम्बवंत र उसकी छोरी जाम्बवती बसेका थिए । गुफामा मणिको लागि श्रीकृष्ण र जाम्बवंतबीच युद्ध भयो । युद्धमा पारजित भइसकेपछि जाम्बवंतलाई श्रीकृष्ण स्वयं विष्णु भगवानको अवतार भएको थाहा भयो । श्रीकृष्णको असली रुप थाहा पाइसकेपछि जाम्बवंतले श्रीकृष्णसँग माफी माग्दै छोरी जाम्बवंतीसँग विवाह गरिदिए ।

सत्या (नग्नजिती): कौशल राज्यका राजा नग्नजितको छोरीको नाम नग्नजिती थियो । नग्नजिती सत्याको नामबाट परिचित थिइन् । आफ्नी छोरीको बिवाह ७ वटा बयलसँग लडाईँ जितेर आउने पुरुषसँग गरिदिने नग्नजितले निर्णय गरेका थिए । यो कुराको जानकारी श्रीकृष्णलाई पनि भयो र उनले ७ वटा बयललाई आफ्नो नियन्त्रणमा लिएर राजाको मन जिते । यसरी श्रीकृष्ण र नग्नजितीको विवाह हुन पुग्यो ।

कालिन्दीः एकपटका कृष्ण र अर्जुन सिकार गर्न जंगलमा गए । बनमा उनीहरुले एक युवती तपस्या गरिरहेको देखे । अर्जुनले परिचय मागेपछि उनले आफ्नो नाम र भगवान विष्णुलाई पति पाउनको लागि तपस्या बसेको बताइन् । यस्तो सुन्नेबित्तिकै कृष्णले आफू विष्णुको अवतार भएको बताए र द्वारिक लिएर गए । त्यहाँ उनीहरुको विवाह भयो ।

लक्ष्मणाः लक्ष्मणाले देवर्षि नारद भगवान विष्णुको अवतारको बारेमा धेरै कुरा सुनेकी थिइन् । उनको मन सधैँ भगवानको भक्तिमा लागिरहन्थ्यो । उनी विष्णु भगवानलाई नै आफ्नो पत्नीको रुपमा पाउन चाहन्थिन् । उनको पितलाई पनि यो बारेमा जानकारी थियो । पिताले यो कुरा थाहापाइसकेपछि उनले आफ्नो छोरीको लागि बर खोज्न थाले । जहाँ उनले पानी भित्रको माछाको छायाँ देखेर निशाना लगाउन सक्नेलाई छोरी दिने निश्चिय गरेका थिए । शिशुपाल, कर्ण दुर्योधन, अर्जुन कसैले नसकेको लक्ष्मणाको पिताले दिएको लक्ष्य कृष्णले सकेपछि लक्ष्मणको बिवाह कृष्णसँग गराइएको थियो ।

मित्रविंदाः अवंतिका (वर्तमा उज्जैन)की राजकुमारी मित्रविंदाको विवाहको लागि स्वयंवरको आयोजना भएको थियो । त्यो स्वयंवरमा भगवान श्रीकृष्ण पनि पुगेका थिए । मित्रविंदा श्रीकृष्णको साथ विवाह गर्न चाहन्थिन् । तर उसको भाई विंद दुयोधनको साथी थियो । त्यसकारण उसले बहिनीलाई कृष्णलाई नरोज्न भनेको थियो । जब भगवानलाइ मित्रविंदाको मनको कुरा थाहा भएपछि श्रीकृष्णले मित्रविंदालाई हरण गरेर लगे र विवाह गरे ।

भद्राः श्रीकृष्णको श्रुतकिर्मी नामकी एक आफन्त कैकय देशमा बस्थिन् । उनकी एक भद्रा नामकी छोरी थिइन् । भद्रा र उसको भाई श्रीकृष्णको गुणको बारेमा थिइन् । यसकारण भद्राको भाइहरुले उनको विवाह श्रीकृष्णसँग गर्ने निर्णय गरे । सबैको इच्छाअनुसार श्रीकृष्णले पुरै विधिविधान पुरा गरेर भद्राको साथमा विवाह गरे ।