१७ भदौ, काठमाडौं । नुवाकोटमा काम गर्ने लेवरमाथि खुकुरी प्रहार भएको छ ।

मेघाङ गाउँपालिका–३ चिउरीभञ्याङमा लेवर काम गर्ने सुनसरी ईटहरी महानगरपालिका–२४ बस्ने ५४ वर्षीय नारायण भण्डारीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार गरेको अभियोगमा किम्ताङ बस्ने ३० वर्षीया टुल कुमारी बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विवादका कारण बिकले भण्डारीलाई खुकरी प्रहार गर्दा घाइते भएको देउराली प्रहरी चौकीले जनाएको छ ।

घाइते भण्डारीलाई उपचारको लागि स्वास्थ्य चौकी मेघाङ लगिएकोमा थप उपचारको लागि त्रिशुली अस्पताल रिफर गरिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।