१९ भदौ, काठमाडौं ।

प्रमुख चारले असन्तुष्ट र आन्दोलनरतको दलहरुको मागलाई सम्बाधोन गर्ने गरी संयुक्त रुपमा संविधानको मस्यौदाकामाथि संशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन् । कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच यस्तो सहमति भएको हो ।

संशोधनका प्रस्ताव तयार पारिने एक नेताले बताए । आन्दोलनरत दलहरुसँग वार्ता प्रक्रिया अगाडि बढन नसकिरहेको बेला प्रमुख दलहरुले संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । तर कांग्रेसका सभासद् शेखर कोइरालाले छुट्टै संशोधनको प्रस्ताव दर्ता गराइसकेका छन् ।