२९ पुस, काठमाडौं । राप्रपाकी सांसद कान्ता भट्टराईले संसदको विशेष समयमा कविता वाचन गरेकी छिन् ।

kanta-bhattrai

विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइँरहँदा भट्राइले भने सभामुखलाई सम्बोधन समेत नगरी सोझै कविता सुरु गरेकी थिइन् । उनले पृथ्वी नारायण शाहका बारेमा लेखिएको कविता वाचन गरेकी हुन् । कागजको एउटा पन्नाको दुबैपट्टी लेखेर ल्याएको कविता उनले पढेकी हुन् ।

संसोधन पारित नभई मोर्चाले चुनाव घोषणा हुन नदिने

बोल्नका लागि छुट्याइएको ३ मिनेटको समय उनले कविता वाचन गरेरै खर्च गरिन् । उनले लय हालेर कविता वाचन गरिरहँदा गृहमन्त्री विमलेन्द्र निधिसहितका सांसदहरु मुसुमुसु हाँसिरहेका थिए ।