बोमलाल गिरी
तातोपानी, सिन्धुपाल्चोक

व्यवथापिका संसदको विकास समितिले ८ महिलादेखि अवरुद्ध चीनसँग जोडिएको तातोपानी भन्सार नाका १० दिन भित्र पूर्ण सञ्चालनमा ल्याउन सकिने निष्कर्ष निकालेको छ । समितिका सदस्य र सम्बन्धित निकायका पदाधिकारी सहितको स्थलगत अनुगमन टोलील शुक्रबार तातोपानी भन्सार नाका, अरनिको राजमार्ग र सुख्खा बन्दरगाहको अध्ययन गरेपछि बढीमा १० दिनमा यो नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिने भएकाले सरकारलाई तदारुपता देखाउन भनेको छ ।

tatopani vansar naka border china nepal (2)

त्यसका लागि दुई देशका बीच राम्रो सम्बन्ध स्थापित गर्न आवश्यक रहेको र उच्च समझदारी भएमा ७ देखि १० दिनमा नाका सञ्चालनमा ल्याउन सकिने समितिको निष्कर्ष छ । नेपाली भूभागमा कुनै अवरोध नरहेको भन्दै समितिले नाका सञ्चालनमा आउन नसक्नुमा आश्चर्य व्यक्त गर्दै सरकारलाई तत्काल चीनियाँ पक्षसँग उच्च स्थतिरय वार्ता गर्न आग्रह गरेको छ ।

rabindra adhikari

सिन्धुपाल्चोकमा गएको जुरेको पहिलो, विनासकारी भुकम्पले सबैभन्दा बढी क्षती सिन्धुपाल्चोकै हुनु र भारतले नाकाबन्दी गर्दा अहिले त्यहाँको जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । अनुगमन टोलीका संयोजक एवं संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले अरु नाका खोल्ने बारेमा पनि अध्ययन अवलोकन भइरहेको भन्दै तत्कालका लागि तातोपानी नाका सबैभन्दा छिटो र भरपर्दो हुन सक्ने भएकाले केही अप्ठ्यारो रहेको बाटो मर्मतका लागि सरकारलाई आग्रह गरे ।

tatopani vansar naka border china nepal (3)

समितिले यसअघि चीनसँग जोडिएको रसुवाको केरुङ र मुस्ताङको कोरला नाकाको पनि स्थलगत अवलोकन गरेको थियो । २०२० सालमा सञ्चालनमा आएको सिन्धुपाल्चोकको तातोपानी नाका काठमाण्डौसँग जोड्ने सबैभन्दा नजिकको नाका हो । काठमाण्डौदेखि तातोपानीको मितेरी पुलसम्मको सडकको लम्बाई एक सय १४ किलोमिटर मात्र छ ।

tatopani vansar naka border china nepal (4)

यो नाकालाई सञ्चालनमा ल्याउन सकेमा दुईदेशबीचको सम्बन्ध पनि राम्रो हुने, आयात निर्यात बढ्न गई दुबै देशले फाइदा लिन सक्ने र भूकम्प, जुरे पहिरो र नाकाबन्दीमा परेका नागरिकले राहत महसुस गर्न सक्ने सभापति अधिकारीको भनाई छ । भ्रमण टोलीमा संलग्न नेकपा एमाले सिन्धुपाल्चोकका सांसद अमृत कुमार बोहराले नेपाल चीन जोड्ने एकमात्र भरपर्दो र छोटो तातोपानी भन्सार नाका भएपनि चीनको चासो कम देखिएको बताए । चीनले आफूतिरको बाटो नराम्रो भएको भन्दै निर्यात रोकेपनि अवस्था त्यस्तो नभएकोले अविश्वास तोड्न नेपाल सरकराले नै बढी पहल गर्नु पर्ने उनको भनाई छ ।

tatopani vansar office

समितिले तत्कालै प्रधानमन्त्री, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गृहमन्त्री, आपूर्तिमन्त्री, परराष्ट्रमन्त्री, लगायत सम्बन्धित सबैसँग छलफल गरी तत्काल निकास निकाल्न पहल गर्ने सभापति अधिकारीले बताए ।

स्थानीय व्यापरी तथा उद्योग वाणिज्य संघले भुकम्प पछि साढे ३ सय कन्टेनर चीनियाँ भूभाग खासामा अड्किएको र ती कन्टेनरमा रहेका करोडौं मूल्यका सामाग कुहिने अवस्थामा रहेको भन्दै तत्काल निकासीका लागि समितिलाई पहल गरिदिन आग्रह गरेका छन् ।

tatopani vansar naka border china nepal (5)

तातोपानीमा भएको अन्तरकृया कार्यक्रममा नेपाल उद्योगा वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमल श्रेष्ठले दैनिक उपभोग्य सामान, इन्धन, कपडा, इलोक्ट्रोनिक सामानको सहज आयात निर्याता गर्न सकिने अवस्था रहेपनि ८ महिनादेखि नाका अवरुद्ध हुनुको कारण के हो भन्दै समितिलाई प्रश्न गरेका थिए ।

tatopani vansar naka border china nepal (1)

नाका आसपासका स्थानीयले व्यापार बाहेक अरु आयआर्जनको विकल्प नहुँदा आफूहरु साह्रै मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले तत्काल अवरुद्ध विद्युत सञ्चालनमा ल्याउन, नेपाल टेलिकमको अवरुद्ध सेवा, बैंक तथा वित्तिय संस्था सञ्चालनका लागि पहल गरिदिन पनि समितिसँग आग्रह गरेका छन् ।