एजेन्सी ।

संसारकै नम्बर १ फुटवलर पोर्चुगिस स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि मैदानमा हात फैलाएर उत्सव मनाएको त धेरैले देखेका छन् । तर तिनै खेलाडी हालै खुल्लम खुल्ला सडकमा पिसाव गर्दे गर्दा पक्राउ परे ।

ronaldo urinate on the road 1

उनलाई सेन्ट ट्रोपेजको सडकमा पिसाव गर्दै गरेको अवस्थाम फेला परेका थिए ।

डेली मेलका अनुसार रियल म्याड्रिडका स्टार रोनाल्डो सोमबार राति सडकमा पिसाव गर्दा गर्दै भेटिए त्यति मात्र होइन उनका तस्विर समेत लिक भए ।

ronaldo urinate on the road

आफ्ना साथीहरुसँग रिसोर्टमा रमाइलो गरिरहेका रोनाल्डोले बाटोमै पिसाव गरेपछि भने उनलाई पुलिसले समात्यो । कारको पछाडी लुक्न खोजेका रोनाल्डोलाई प्रहरीले समातेरै छोड्यो ।