एजेन्सी ।
चीनकी २० वर्षीया मोडल यतिबेला संसारभरी हिट बनेकी छिन् । उनी सबै भन्दा लामा खुट्टा भएकी मोडलकोरुपमा संसारभरी इन्टरनेट सेलिब्रेटी बनेकी हुन् ।
दोङ लेइ नामकी ती युवतीका खुट्टा ४५ इन्च लामा छन् । सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्र छन् ।
५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी बासिन्दा हुन् ।
पिपल्स चाइना डेलीका अनुसार उनी हालै मात्र एक टेलिभिजनको सुपरमोडल भन्ने कार्यक्रममा सहभागी भएर उपाधि जितेकी थिइन् ।
कतिपय उनका फ्यानले इन्टरनेटबाट खुट्टाको विमा गर्न सुझाएका छन् ।
१६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो ।
दोङले आफ्ना पिता ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चका भएका कारण आफू झनै अग्ली भएको बताउँछिन् ।