२४ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाएका छन् ।

ओली सरकार गिराउने खेलमा कांग्रेस लाग्नु हुँदैन – सुजाता कोइराला

गुरुङको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकको घडीमा उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

PM Oli at office

स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय सङ्गीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय सङ्गीत र लोक भाकामा मिलाएर सङ्गीत सिर्जनालाई नयाँ आयाम दिनुभएको उल्लेख गर्दै उनले सामूहिक बाजा प्रयोगमार्फत नेपाली सुगम सङ्गीतलाई स्तरीय र समृद्ध बनाउन उनले गरेको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित भएको बताएका छन् ।

अल इण्डिया रेडियोले प्रतिबन्ध लगाएको अम्बर गुरुङको त्यो गीत (भिडियो सहित)

प्रधानमन्त्री ओलीले भनेका छन् – गुरुङ नेपालको साङ्गीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने छ । रासस