२५ जेठ, विराटनगर ।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

ओली सरकार गिराउने खेलमा कांग्रेस लाग्नु हुँदैन – सुजाता कोइराला

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँगको कुराकानीमा उनले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पारे । उनले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य मतभेद देखिनुलाई नेतृत्व परिवर्तन हुने रुपमा बुझ्न नहुने बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको चर्चा गर्दै उनले निर्वाचनको पक्षमा विगतमा नेपाली काँग्रेसले गरेका प्रतिबद्धतालाई स्मरण गर्न आग्रह गरे । उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गरे । रासस

बिपीका राजावादी छोरा र भतिजा !