९ जेठ, काठमाडौँ ।

स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

ना ५ ख ४८९६ नं को भाडामा चल्ने सार्वजनिक यातायातले ७.४५ बजे नुवाकोट, विदुर नगरपालिका– ८ स्थायी घर भई हाल स्वयम्भू बस्ने भट्टलाई ठक्कर दिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले चालकलाई पक्राउ गरी दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस