९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउसो संसदलाई सम्बोधन गर्नु अघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग विशेष छलफल गरिरहेका छन् । संविधान संशोधन विधेयक, जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन र जेठ १५ गते आउने बजेटको बारेमा प्रचण्डले देउवा र ओलीसँग छलफल गरिरहका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी छलफलमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि सहभागी छन् ।
सरकारले हिजो २२ वटा स्थानीय तहको संख्या थप्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष दल एमालेले कडा रुपमा आपत्ति जनाएका छ । यसै विषयमा छलफल गर्न प्रचण्डले ओली सहितको बैठक बोलाएका हुन् ।

यो पढ्नुस्।

‘सत्ताका लागि ठूला दलको तालमेल’

अब रामचन्द्र पौडेल प्रधानमन्त्री !

प्रधानमन्त्रीको राजिनामा आज !