१९ माघ, काठमाडौं।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको कोटेश्वरमा आज बिहान भएको सडक दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको जनाएको छ ।

जेम्स कलेजमा अध्ययनरत १७ वर्षीय श्रीजन ढकालको बा २ ख ७९८४ नम्बरको बसबाट ओर्लिँदा सोही बसले किचेर मृत्यु भएको हो । प्रहरीका अनुसार भक्तपुरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको बसबाट ओर्लिने क्रममा उनलाई सोही बसको पछाडिको पाङ्ग्राले किचेको थियो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।

यो पनि पढ्नुस्।

नरेन्द्र मोदीलाई कालो झण्डा देखाइयो

करिव ४ सय पूर्व कर्मचारीले दोहोरो सुविधा लिइरहेको खुलासा

प्रचण्डको कुराले कमल थापालाई उकुस मुकुस बनायो

विद्यालय छोडेर ईट्टा भट्टामा काम गर्छन् बालबालिका

यु–१९ विश्वकप: क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने