२३ पुष, काठमाडौं । फुटबलर सन्तोष साहुखल सहीद स्मारक ए डिभजिन लिग फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोषले आज दशरथ रंगशालामा नेपाल पुलिस क्लबविरुद्ध खेलमा गोल गर्दै एक सय गोल पूरा गरेका हुन् । आफूले प्रहार गरेको बलले जाली चुमेपछि खुशी देखिएका सन्तोषलाई सहयात्रीले मैदानमै बधाइ दिएका थिए । ६ दशक पुरानो लिगमा यो उपलब्धी प्राप्त गर्नका लागि सन्तोषले १६ वर्ष लामो तपस्या गरेका छन् ।

२०६० सालदेखि लिग खेलेका सन्तोषले विदेशी भूमिलाई कर्मथलो बनाएपनि फुटबल खेल्नकै लागि पटक पटक स्वदेश फर्किएका छन् । समाचार तयार पार्दा च्यासल र पुलिस २-२ गाेलकाे बराबरीमा खेलिरहेका छन् ।