१६ जेठ, काठमाडौं ।

यस अघि नै चर्चित पूर्व अष्ट्रेलियाली बलर शेन वार्नसँग तुलना भैसकेका नेपाली बलर सन्दिप लामिछानेले हङकङको घरेलु क्रिकेटमा पनि धुवाँदार शुरुवात गरेका छन् ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कसँगै एउटै क्लवमा खेल्ने मौका पाएका सन्दिमले पहिलो खेलमै २ विकेट लिए ।

Sandeep Lamichhane with Michael Clark

उनी आवद्ध टिम कावलुन क्यानटोनले २ रनको जित हात पार्दा ३ ओभर बलिङ गरेका सन्दिपले २७ रन खर्चेर २ विकेट लिएका थिए ।

सन्दिपको टिममा रहेका अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले अन्तिम ३ बलमा ६ रनमात्र दिएर कावलुनलाई जिताएका थिए ।

आइसिसीको तुलना ‘सन्दिप लामिछाने नेपाली शेनवार्न’

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अन्तराष्ट्रिय भन्दै अष्ट्रेलियाका विश्वचर्चित पूर्वक्रिकेटर शेन वार्नसँग तुलना गरेको थियो ।

सन्दिप लामिछानेले अण्डर-१९ मा बनाए रेकर्ड

बंग्लादेशमा जारी यु-१९ विश्वकपमा लामिछानेले ह्याट्रिक लिएपछि उनको चर्चा चुलिएको थियोछ । आयरल्याण्ड विरुद्धको खेलमा उनले ५ विकेट लिएका थिए ।