१७ बैशाख, एजेन्सी ।

मधेशमा आन्दोलनरत सङ्घीय गठबन्धनको पूर्व घोषित विरोध कार्यक्रम अनुसार शुक्रवार सप्तरीसहित देशैभरीका सरकारी कार्यालयहरुमा कालो झण्डा झुण्ड्याईएको छ ।

BIG News नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै

गठबन्धन बाहेक अन्य दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतका कार्यालयहरुमा कालो झण्डा झुण्ड्याईएको हो ।

saptari kalo jhanda (1)

मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलको नेतृत्वमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित अगुवा कार्यकर्ताहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटमा कालो झण्डा प्रदशन गरेका थिए ।

saptari kalo jhanda (2)

कालो झण्डा झुण्ड्याउने क्रममा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुले अवरोध पुर्याएका थिए ।

मोर्चाका जिल्ला संयोजक मण्डलका अनुसार जिल्ला विकास समिति, जनस्वास्थ्य, जिल्ला खानेपानी, शिक्षा, विद्युत, नापी, कृषि, भू–संरक्षण, मालपोतलगायतका सरकारी कार्यालयहरुमा कालो झण्डा गाडिएको जानकारी दिए ।

विद्या भण्डारीको भ्रमण विशेष अनुरोधमा मिलाइएको हो- भारतीय मिडिया