१७ बैशाख, एजेन्सी ।

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको मध्यप्रदेशमा हुने कुम्भ मेलामा सहभागी हुनका लागि नेपाल सरकारले भारत सरकारसँग विशेष अनुरोध गरेपछि मोदी सरकारले उनको भ्रमण ब्यवस्था मिलाएको दावी भारतीय सञ्चार माध्यमले गरेको छ ।

BIG News नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै

‘दिल्ली कन्फिडेन्सियल’ अर्थात ‘दिल्लीको गोप्य’ शीर्षकमा भारतीय चर्चित पत्रिका इण्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार राष्ट्रपति भण्डारीलाई कुम्भ मेलामा पाहुना बनाइदिनका लागि नेपाली पक्षले विशेष अनुरोध गरेपछि भारत सरकारले यो भ्रमणका लागि ब्यवस्था मिलाएको हो ।

Vidya Kumbha mela

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा वैशाख २७ गतेबाट उनले भारत भ्रमण गर्ने कार्यक्रम तय भएको जानकारी परराष्ट्र श्रोतले दिइसकेको छ ।

भ्रमण कार्यक्रम अनुसार राष्ट्रपति भण्डारीले वैशाख २७ गते भारतको नयाँ दिल्ली पुग्नेछिन्।

यो सरकार सँधै रहँदैन- ओली

भोलिपल्ट २८ मा नयाँ दिल्लीमा महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ। सोही दिन समकक्षी प्रमव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग शिष्टाचार भेट गर्नेछिन्

ओली सरकार असफल- एमाओवादी