एजेन्सी।

भारतका एक दिवसीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनी विश्वकै नवौ सबैभन्दा बढी बिक्ने खेलाडीको सूचीमा परेका छन्। लण्डन स्कुल अफ मार्केटिङले सार्वजनिक गरेको सूचीमा उनी फुटबल स्टार लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार अनि उसेन बोल्ट भन्दा अगाडी राखिएका छन्।

३४ वर्षिया धोनी एक दिवसीय क्रिकेटमा राम्रो फिनिसर मानिन्छन्। चर्चित अनुहार भएकै कारण खेलाडीहरुलाई विज्ञापनमा खेल्ने धेरै अवसर आउँछ। यो सूचीमा उनले टेनिस खेलाडी एन्डी मुरे र सेरेना विलियम्सलाई पनि पछि पारेका छन्।

mahendra singh dhoni

यो सूची तयार पार्दा सामाजिक सञ्जालमा प्रभाव, व्यक्तिको ‘ब्राण्ड भ्यालु’, विज्ञापनमा गरेको आम्दानी आदीको अध्ययन गरिएको थियो। यो सुचीमा स्वीस टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा माथी छन्।

यस्तो छ सबैभन्दा बढी बजारमुल्य भएका २० व्यक्तिको सुची

Roger Federer, Tiger Woods, Phil Mickelson, LeBron James, Kevin Durant, Rory McIlroy, Novak Djokovic, Rafael Nadal, Mahendra Singh Dhoni, Cristiano Ronaldo, Kobe Bryant, Maria Sharapova, Lionel Messi, Usain Bolt, Neymar, Andy Murray, Kei Nishikori, Derrick Rose, Floyd Mayweather, Serena Williams.