एजेन्सी । ब्यापारिक उडान भर्ने सयौं पाइलट क्लिनिकल्ली डिप्रेशनमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ । यो भन्दा पनि गम्भीर कुरा के भने डिप्रेशनको लक्षण देखिएकाहरु आफ्नो उपचार गराउँदैनन् । हार्वर्ड टिएच चेन स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको हो ।

pilotsझण्डै डेढ बर्ष अघि डिप्रेशनका कारण एक पाइलटले जर्मनवीङ्स एयरलाइन्सको एउटा बिमान जानीजानी दुर्घटना गराएका थिए । दुर्घटनामा १ सय ५० जनाको मृत्यु भएको थियो । प्रेफेसर जोसेफ एलनको टिमले यो दुर्घटनापछि पाइलटको दिमागी हालतको अनुसन्धान गर्ने फैसला गरेका थिए ।

तीन जना रिसर्चर टिमले सन् २०१५ को अप्रिल देखि डिसेम्बरसम्म अनलाइन सर्वे गरेको थियो । यो बिचमा उनीहरुले ३ हजार ५ सय पाइलटसँग सम्पर्क गरेका थिए । पाइलटलाई जवाफ दिन सहज होस् भनेर उनीहरुको नाम सोधिएको थिएन । सर्वेमा छुट्टा छुट्टै शीर्षकमा प्रश्न राखिएको थियो ।

pilot never tells 1

सबैसँग सामान्य र मानसिक स्वास्थ्यसँग सम्बन्धित प्रश्न सोधिएको थियो । सामान्य प्रश्नको जवाफ सबैले दिएका थिए । तर मेन्टल हेल्थ अर्थात मानसिक स्वास्थ्यसँग सम्बन्धित प्रश्नको भने एक हजार ८ सय ४८ पाइलटले मात्रै जवाफ दिएका थिए । सर्वेक्षण विश्लेषण पश्चात धेरैजसो पाइलटमा डिप्रेशनको समस्या पाइएको पुष्टि भएको हो । २ सय ३३ पाइलटमा त गम्भीर समस्या देखिएको थियो ।

उनीहरुमध्ये ८५ जनाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएका थिए । ७५ पाइलटले पछिल्लो दुई हप्तादेखि आत्महत्याको विचार आइरहेको खुलाएका थिए । यति धेरै समस्या भएपनि उनीहरु आफ्नो जागिर छोड्नुपर्ने डरले यसको उपचार गराउँदैनन् । यूसीएलए ब्रेन रिसर्च इन्स्टिच्युटका प्रोफेसर डाक्टर एन्ड्र्यु एफ ल्युस्टरले डिप्रेशनको बिरामीले आत्महत्या गर्नसक्ने संभवान बढी हुन्छ ।