असोज ७, काठमाडौं ।

भुकम्पमा परी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति गरेको फाइल हगराएको जवाफप्रति सर्वोच्च अदालतले पुनरावलोकन गरेपछि सरकारले कार्कीको नियुक्तिको फाइल सर्वोच्च अदालतलाई पठाएको छ ।

सञ्चार मन्त्रीको ढोकामा अनौठो सूचनाः कसैले गरेको थिएन यस्तो

भुकम्पमा हराइएको भनिएको फाइल भेटिएपछि आज सरकारले खामबन्दी सहित कार्की नियुक्तिको फाइल पठाएको हो ।

Lokman-Singh-Karki

एकहप्ता पहिले प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश विश्वाम्भर श्रेष्ठ र सपना मल्लको इजलासले सरकारको जवाफलाई ’गैरजिम्मेवारपूर्ण’ भनी टिप्पणी गरेको थियो । सर्वोच्चले तीन अघि फाइल पठाउने सरकारलाई पत्रचार गरेको थियो । हराईको भनिएको फाइल भेटेपछि तीन दिनपछि नै आज फाइल पठाएको हो ।

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी

सर्वोच्चले भदौ १० गते लोकमान नियुक्तिको सक्कली कागज सरकारसँग मागेको थियो । सरकारले ती फाइल नभेटिएको भन्दै भदौ २१ मा जवाफ फर्काएपछि सर्वोच्चले उक्त मुद्दामा पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

पर्यटन मन्त्री बिहानै पाँच बजे एयरपोर्ट पुगेपछि …(तस्विर सहित)

अब सर्वोच्चमा लोकमानको नियुक्ति संवैधानिक थियो कि थिएन भन्ने विषयमा फेरि बहस हुने छ । लोकमान सिंहको सक्कली फाइल सरकारले बुझाए पनि कार्की भने केही साताको लागि क्यानडा भ्रमणमा निस्किएका छन् । क्यानडा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अख्तियार प्रमुख कार्कीबीच छलफल भएको थियो ।