८ फागुन, काठमाडौं ।
सरकारले संविधान संशोधन विधेयक पारित नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको भन्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मधेसी मोर्चाका शीर्ष नेताहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा लाग्ने गृहकार्यमा जुटेका छन् ।

मधेसी मोर्चाका एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएर जान्दोलनमा जाने तयारी गरेको बताए ।

उनले भने, ‘तीन बुँदे सहमति सरकारले कार्यान्वयन गरेन, अब सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प छैन ।’

यो पढ्नुस्: बैशाख मसान्तसम्म चुनाव गर्ने गरी मिति घोषणा गर्न दुई दल सहमत

मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई धोका दिएको निष्कर्ष निकालेको छ । तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने, ‘दस बर्ष लाग्ला तर अब अधिकार लिएर छोडछौ, सहमतिको नाममा प्रचण्ड र देउवाले धोका दिए ।’

मोर्चाले आफ्नो लचकतालाई ठूला दलहरुले कमजोरी ठानेको बताउदै अब आन्दोलन मार्फत नै सबै कुराको छिनोफानो हुने बताएको छ । यादवले थपे, ‘हामीले परिमार्जन सहिति संविधान संशोधन गर्नुपर्ने, र स्थानीय तह राज्यपुनर्संरना आयोगको प्रतिवेदन पुनरावलोकन गर्ने माग राखेको थियौ तर सुनुवाई नै भएन ।’

तीन बुँदे सहमति कार्यान्वयनको लागि दर्जनौ पटक वार्ता गर्दा समेत सहमति कार्यान्वयन नगरी सरकार एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाएको छ ।

तर सरकारले भने संविधान संशोधन विधेयक र निर्वाचनको मिति घोषणा एक साथ अगाडि बढाउने बताएको छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी सरकारले गृहकार्य गरिरहकेको बताए ।

उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्नु पनि समस्याको समाधान हो, निर्वाचन मार्फत संविधानको कार्यान्वयन गर्न अब सरकारले आवश्यक कदम चाल्छ ।’

यो पढ्नुस्।
रुपन्देहीमा सिके राउतका समर्थकले प्रहरीको हतियार लुटे
झुक्किएर चुइगम निलेमा हुन्छ ?
शरीरबाट आउने १० आवाज, जसले खतराको संकेत गर्छ