१४ मंसिर, काठमाडौं।

आन्दोलनरत मधेसिमोर्चा र नेपाल सरकारविच हुने वार्ताको हल्लाले मंसिर २ गते ५ अंकले बढेको नेप्से त्यसपश्चात निरन्तर ओरालो लागेको थियो।

त्यसपश्चात दोहोरो अंकले नै गिरावट आएको नेप्से आज दोहोरो अंकले नै बढेको छ । सोमवार नेप्से सेयर बजारमा ११.३५ अंकले बढ्दै १०३४.१२ अंकमा पुगेर रोकिएको छ ।

nepse of november

वित्त कम्पनि बाहेक अरु कम्पनिको सुचक बढेको थियो । सोमवार कारोवार रकमका आधारमा एभरेस्ट बैँक सवैभन्दा अगाडि रह्यो भने बैँक अफ काठमाण्डौ गुमाउनेमा अगाडि रह्यो ।

त्यस्तै वाणिज्य बैँकको १४ अंकले, होटलको १६ अंकले, जलविद्धुतको २५ अंकले र विकास बैँकको ५ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।