१९ मंसिर, काठमाडौं ।
सरकारले बोलाएको वार्तामा बस्न छोडेर भारतीय दुतावासमा गएपछि स्थगित भएको सरकार र मोर्चाको वार्ता बालुवाटारमा बसीरहेको छ । भारत जानु अघि मोर्चाका नेताहरुले सरकारसंग वार्ता गर्न लागेका हुन् । प्रधानमन्त्री केपी ओलीको पटक–पटकको आग्रहमा मोर्चाका नेताहरु वार्तामा बस्न सहमति भएका छन् । मोर्चा आएपछि त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ ।

आइतबार मोर्चाका शीर्ष नेताहरु भारत जानु अघि सरकारसंग छलफल गर्न लागेका हुन्। आजको वार्तामा सत्तारुढ दल र प्रमुख विपक्षी दलले बताएको तीन बुँदे साझा प्रस्तावको बारेमा मोर्चालाई जानकारी गराइएको छ।

वार्तामा मधेसी मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण लगायतको नेताहरुको सहभागीता रहेको छ ।

तीन दलले मोर्चाले राखेको ११ बुँदे मागको बारेमा तीन बुँदे प्रस्ताव तयार गरेपछि वार्ता भएको हो । यसअघि सरकारले बोलाएको दुई वटा वार्ता मोर्चाले बहिष्कार गरेको थियो ।

यो पनि पढ्नुस्।
एमाओवादीको आजको बैठकमा के के भयो ?
पेट्रोलिम्याक्सले थप ८३ हजार लिटर हवाई इन्धन ल्यायो
सोमबारबाट निजी सवारी साधनलाई इन्धन उपलब्ध गराइने
भट्टराइ र मधेशी मोर्चाका नेता भारतका रक्षा मन्त्रीलाइ एक साथ भेट्दै
मधेस आन्दोलनको रिमोट देश बाहिर छ : पर्यटनमन्त्री
मोर्चाकै नेतालाई झुक्याएर राजेन्द्र महतो भारतमा