१२ पुस, काठमाडौं । सरकारमा सहभागी प्रमूख दल नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको बैठक सुरु भएको छ ।

morcha-congress-mao

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

ओलीले भने, अब हामी चुनाव गराउँछौं

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागी छन्।