१८ वैशाख, काठमाडौ ।
प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा प्रस्ताव राखेपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले पालैपालो आफ्नो धारणा राखे । ओलीको प्रस्तावको विषयलाई लिएर सरकारका मन्त्रीहरुले नै विरुद्धमा बोल्दा प्रधानमन्त्री ओलीसँग रहेका प्रचण्ड गम्भीर देखिएका थिए ।Kp oli Prachanda multi party meeting singhadarbar 2संसदीय समिति गठनमा ढिलाई हुँदा न्याय परिषद्ले सिफारिस गरेका न्यायाधिश र सरकारले सिफारिस गरेका राजदुतको सुनुवाई हुन सकेको छैन् । संसदको कार्यसञ्चालन नियमावली बन्न नसक्दा सरकारले गरेको सिफारिस नै कार्यान्वयन हुन नसकिरहेको बेला प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, बजेट, पुननिर्माण प्राधिकरणमा स्वयंसेवक परिचालन, मेधसी मोर्चालाई वार्तामा ल्याउनको प्रस्ताव गरेका छन् ।

सबैका कुरा सुनेका प्रचण्डले भने बैठकमा कुनै प्रतिक्रिया दिएनन् । सर्वदलीय बैठकमा प्रचण्ड निकै गम्भीर मुद्रामा प्रस्तुत भएका थिए । प्रचण्डको सट्टा एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले धारणा राखेका थिए ।

यो पनि पढ्नुस्।

ली र देउवाबीच सिंहदरवारमै भनाभन

“अरूलाई भन्दा बढि मलाई नै लामखुट्टेले किन टोक्छ?”- जिज्ञासा

वैद्य छोडेर वादल भित्र्याउदै प्रचण्ड

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने