२२ असार, एजेन्सी।

पछिल्लो महिना अनुराग कश्यपको ‘उडंता पन्जाब’ पछि अब सलमान खानको ‘सुल्तान’ फिल्म पनि अनलाइन लिक भएको छ। सुल्तान रिलिजको ठिक एक दिन पहिले अर्थात मंगलबार फिल्म लिक भएको खबर भारतीय मिडियामा छापिएका छन्।sultan 301823911

भारतमा फिल्म शुक्रबार रिलिज गर्ने चलन भएपनि इदको कारण सलमानको फिल्म भने बुधबार रिलिज भयो।

फिल्मको कपी अनलाइन लिक भइसकेको र छिट्टै टोरेन्टमा समेत आउने भारतका साइबर क्राइम एक्सपर्ट दीप शंकर बताउँछन्।

करिब २ घण्टा ३६ मिनेको फिल्म अनलाईन लिक भएको हो। फिल्मको लिङ्क राखिएका कयौं वेबसाइट मंगलबार नै ब्लक गरिएको छ।

आमिरमाथी फेरी निशाना: देहद्रोहीको दंगल भन्दै ट्वीटरमा विरोध

निर्माता इन्कार गर्छन्
-यशराज फिल्म्सले भने फिल्म लिक भएको विषयलाई इन्कार गरेको छ। ट्रेलरलाई नै मोडिफाई गरि सामाजिक सञ्जालमा सर्कुलेट गरिएको अनुमान भने लगाइएको छ।

हप्तामा दोस्रो लिक
यो हप्ता बलिउडमा फिल्म लिक भएको यो खबर दोस्रो हो। यो भन्दा अघि ‘ग्रेट ग्रान्ड मस्ती’ फिल्म पनि लिक भएको खबर आएको थियो।

यो पनि पढ्नुस्।
‘सुल्तान’ले पाकिस्तानमै रेकर्ड बनाउने अनुमान