२२ असार, काठमाडौं ।

ओम अस्पतालले भेन्टिलेटरमा राखेर उपचार भैरहेका कांग्रेस महामन्त्री शशांक कोइरालालाई तत्काल विदेश लैजाने अवस्था नरहेको जनाएको छ ।

शशांक वान्ता गर्दा गर्दै बेहोस हुने अवस्था कसरी आयो

अहिलेको क्रिटिकल अवस्थामा कोइरालालाई विमानस्थल सम्म समेत पुर्‍याउन नसकिने अस्पतालले जनाएको छ ।

Om hospital

कांग्रेस नेताहरुले शशांकलाई दिल्ली लैजान जोड गरेपनि अहिलेको अवस्थामा उनलाई कहीँ पनि लैजान नहुने अस्पतालले बताएको छ ।

शशांक कोइरालाको अवस्था अत्यन्तै गम्भिरः ओम अस्पताल

यति विघ्न क्रिटिकल अवस्थामा अस्पतालबाट अन्यत्र लैजानु घातक हुने चिकित्सकहरुको भनाइ रहेको बुझिएको छ ।

किन लगियो ओम अस्पताल

शशांकलाई ओम अस्पताल लैजानुको कारण उनकी पत्नी सुपात्रा कोइराला सोही अस्पतालमा चिकित्सक रहेका कारण रहेको बुझिएको छ । अन्य अस्पताल नलगेर कोइरालालाई ओम लैजानुको कारण उनकी पत्नी नै त्यहाँ कार्यरत रहेको परिवारले जनाएको छ । पत्नीकै निगरानीमा उपचार भैरहेका कारण क्रिटिकल अवस्थामा विदेश लैजान हतार गर्न नहुने समेत अस्पतालले सुझाव दिएको छ ।

शशांकको अवस्था बुझ्न प्रधानमन्त्री ओम अस्पतालमा