एजेन्सी।

यो साल बलिउड खान फ्यानहरूका लागि विशेष साल हुने वाला छ, किनकी उनीहरूको मनपर्ने सेलिब्रिटी सलमान खानको ‘सुल्तान’ र शाहरुख खानको ‘रईस’ यसै वर्षमा रिलिज हुँदै छ।

यी चलचित्रको कथा भन्दा पनि यिनीहरूको रिलिज हुने मिती बढि चर्चाको विषय बन्न पुगेको छ। केहि दिनदेखि बलिउड इण्डस्ट्रीमा शाहरुखको फिल्म ‘रईस’ यहि आउने ‘ईद’मा रिलिज हुने भनिएपछि सलमानको ‘सुल्तान’को रिलिज मिती सार्ने खबर आएको थियो। तर अब यस्तो नहुने र बक्स अफिसमा यी दुई फिल्म एकै दिनमा भिड्ने ताजा खबर अगाडि आएको छ।Salman Sultan and Sahrukh Raees

‘सुल्तान’को निर्माण कम्पनी ‘यशराज ब्यानर’को प्रवक्ताका अनुसार सलमानको फिल्म यसै वर्षको ईदमा रिलिज हुने खुलासा भएको छ। प्रवक्ता भन्छन् कि फिल्म सुल्तानको रिलिज मितीमा कुनै परिवर्तन भएको छैन।

यसलगायत, चलचित्र ‘रईस’का निर्माता ‘रितेश सिदवानी’ले पनि रईसको रिलिज मितीको विषयमा भने, “सबैजना फिल्मको रिलिज मितीलाई लिएर कुरा गरिरहेका छन्। तर ईद आउन अझै ५ महिना बाँकी छ। त्यसैले पछि के हुन्छ भनेर हामीलाई पनि थाहा छैन। हाल चाहिँ हामीले सोहि तारीखमा फिल्म रिलिज गर्न निर्णय गरेका छौँ।”

यो पनि हेर्नुहोस्-
कठीन ट्रेनिङ्ग गर्दै सुल्तान गर्ल (तस्विर सहित)
बिराट र अनुष्काको ब्रेकअप सुल्तानका कारण
पुलिसले गर्यो शाहरुखलाई गिरफ्तार, छतबाट देखिन माहिराले
‘गौरव जस्तै फ्यान भेटेँ भने कुट्छु!’- शाहरुख खान

शाहरुखका फ्यान सलमानको ट्वीट