१८, असोज, एजेन्सी ।

पाकिस्तानी कलाकारको पक्षमा बोल्दा चर्को विरोधको सामना गरिरहेका सलमान खानलाई उनका पिता पटकथा लेखक सलिम खानले दह्रो साथ दिएका छन् । सलिमले सलमान र करण जौहरका विरोधीलाई कडा जवाफ फर्काएका छन् ।  salman-salim

सलमानका पिता सलिमले ट्वीटरमा व्यंग गर्दै लेखेका छन् ‘ ब्रेकिङ्ग न्यूज नाउ …मोष्ट वान्टेडको सूचिबाट सईद, लखवी र मसुदको ठाउँ सलमान खन, करण जौहर, महेश भट्ट र सीताराम यचुरीले लिएका छन्, किनभने यीनीहरूबाट हाम्रो देशलाई सबैभन्दा बढी खतरा छ ।’ वरिष्ठ पटकथा लेखकका रुपमा ख्याती कमाएका सलिमले लागातार ट्वीट गर्दै भनेका छन् ‘ हौसला राख्नुस् सज्जनबृन्द तपाई कमसेकम मनोरञ्जनको दुनियाँमा हुनुहुन्छ, कराउने चिच्याउने, मान्छेलाई दुःख दिने र लाज लगाउने काम त गर्नु भएको छैन ।’

सलमानले पाकिस्तानी कलाकारको पक्ष लिंदै उनीहरु कलाकार हुन आतंकवादी होइनन् भनेका थिए भने करण जौहरले कुनै देशका कलाकारलाई प्रतिवन्ध लगाउनु आतंकवादको समाधान होइन भनेका थिए । यसपछि यी दुवैलाई विभिन्न क्षेत्रबाट व्यापक आलोचना हुँदै आएको छ ।

यो पढ्नुस्।
पूर्वप्रेमी सलमानसंग काम गर्न ऐश्वर्याको एक सर्त!
‘सलमानलाई घरमै थुनेर राख्नु’
जो सुकैमाथि प्रतिवन्ध लागोस, हामी पालन गर्छौ: अभिताभ