एजेन्सी ।

बलिउड अभिनेता सलमान खान र उनकी पूर्व प्रेमिका क्याट्रिना कैफको दुरी घटेको छ । क्याट्रिना र रणबीर कपुरको ब्रेकअप पछि सलमान खान र रणबीरको दुरी घटेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सलमाान खानले पछिल्लो पटक क्याट्रिनालाई उनकै पेट्रेट पेन्टिङ उपहार दिएको खुलासा भएको छ । बिगबोसको फाइनल एपिसोडमा अन स्क्रिन नभएर अफ स्क्रिन यसरी उपहार दिएपछि उनीहरुबीचको सम्बन्ध पुनर्स्थापित हुने अनुमान समेत गरिएको छ ।

salman katrina gift 1

सलमानले क्याट्रिनालाई आफैले बनाएको पेन्टिङ पोट्रेट उपहार दिएर प्रेम ब्यक्त गरेपछि उनले क्याट्रिनालाई अझै पनि जीवनमा ल्याउन चाहेको विश्लेषण समेत गरिएको छ ।

आफ्नो चलचित्र फितुर प्रमोशन गर्न आएकी क्याट्रिनालाई सलमानले आफ्नो प्रेम अझै पनि कायम रहेको संकेत दिएका हुन् । सोही कार्यक्रममा सलमानले ‘सारा भारतलाई सुनाउन चाहन्छु कि म तिम्रो लागि पागल छु’ भनेपछि क्याट्रिना भने मुस्कुराएकी थिइन् ।

salman katrina gift

क्याट्रिना बलिउडमा छिर्दा सलमानकी प्रेमिका बनेर छिरेकी थिइन् । उनीहरुबीचको लामो प्रेम सम्बन्ध क्याट्रिना रणबीरसँग नजिक भएपछि सन् २००९ मा उनीहरुको सम्बन्ध टुटेको थियो ।

क्याट्रिनाको विषयमा सलमानले यस अघि धेरैपटक विवाद जन्माइसकेका छन् । सलमानले रणबीर कपुर र क्याट्रिनाबीचको सम्बन्धका विषयमा गरेको टिप्पणीले पनि बलिउडमा राम्रै चर्चा पाएको थियो ।
मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना
सलमानले भनेपछि क्याट्रिनाले छोडिन रणवीर कपुर