रणवीर कपुर र क्याट्रिना कैफको ब्रेकअप भएको खबर आएको छ।
हप्तौँ देखि मनमुटाव चलेको खबर मिडियामा आइरहँदा बलिउडको चर्चित यो जोडीको ब्रेकअपको खबरले बलिउड आफैँ चकित छ।

ranbir katrina salman

मिडियामा व्याप्त जोडीको मनमुटाव खबरले पनि ब्रेकअपमा बलपुर्याएको बताइन्छ। जोडीले सम्बन्धमा आएका खटपटमा कम्प्रमाइज नगर्दा छुट्टीनु नै राम्रो निष्कर्ष निकालेका भारतीय मिडिया बताउँछन्।

ब्रेकअप हुनुभन्दा अघिको अर्को खबरले झनै तरंग ल्याएको छ। क्याट्रिनाको पूर्व प्रेमी सलमान खानसंग क्याट्रिनाले दुइ घण्टा कुराकानी गरेको खबर झनै रोचक बनेको हो। बताइएको छ की, सलमानसंग कुरा गरेपश्चात क्याट्रिनाले रणवीरसंग ब्रेकअप गर्ने निर्णय गरेकी थिइन।

यो खबरले रणवीर- क्याट्रिनाका फ्यान भने बेखुसी भएका छन्। छ वर्ष पहिले यी जोडीको डेटिङ सुरु भएको थियो। हाल एउटै अपार्टमेन्टमा यो जोडी बस्दै आएका थिए।

जोडीबीच सबैभन्दा ठुलो विवाद तमासा फिल्मको प्रमोशन घटनालाई लिएर भएको बताइन्छ। रणवीरले फिल्मको प्रमोशन गर्दा दिपिकालाई हरेक कुरामा प्रशंसा गरेको प्रंसंग क्याट्रिनालाई मन नपरेका खबर पहिल्यै आइसकेका थिए।

बरण्डामा भेटिए रणवीर र क्याट्रिना

पूर्वप्रेमिकाको कारण रणवीर कपुरको सम्बन्ध धरापमा

रणवीर चाडै बाबुआमा संगै घरमा सर्ने बताइएको छ।