२८ चैत, काठमाडौँ।

भारतीय जनता पार्टीका नेता विजय जोलीले सबै दलको सहमतिमै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र मजबुद बनाउन चुनाव अपरिहार्य भएको र त्यसको लागि राजनीतिक दलहरुबीचको सहमति आवश्यक भएको बताए ।

नेता जोलीले भने, “आगामी दिनमा नेपाल–भारत सम्बन्ध आपसी समझदारी र विश्वासका आधारमा अघि बढ्छ ।” उनले दुई देशबीचको सम्बन्ध पछिल्ला दिनमा अत्यन्तै सुमधुर हुँदै गएको बताए । रासस