२७ पुस, बेइजिङ।

चीनले साउदी अरेबिया र इरानलाई शान्त र संयम रहन आग्रह गरेको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञले सो आग्रह गरेको एएफपीले बताएको छ ।

इरानमा रहेको साउदी अरेबियाको दूतावासमा हालैमात्र इरानीहरुले आक्रमण गरी क्षति पुर्याएका थिए । सो आक्रमणपछि साउदी अरेबियाले इरानसँगका कूटनीतिक सम्बन्ध एकतर्फी रुपमा तोडेको थियो ।

तेहरानमा रहेको अरेबियाली दूतावासमाथिको हमलापछि विकसित सम्बन्धका कारण विश्वका अरु देशमा पनि असर परेको छ ।

साउदी अरेबियामा सिया मुस्लिम समुदायका नागरिकलाई मृत्युदण्ड दिइएपछि यसको प्रतिक्रियास्वरुप इरानमा अरेबियाली कूटनीतिक नियोगमाथि हमला भएको थियो ।

गत हप्तामात्र चिनियाँ वरिष्ठ उपविदेशमन्त्री झाङ मिङले साउदी अरेबिया र इरानका कूटनीतिज्ञहरुले भेटवार्ता गरी शान्त र संयम रहन आग्रह गरेका थिए ।

ती भ्रमणहरुमा भएका दुई छुट्टाछुट्टै भेटका क्रममा उपविदेशमन्त्रीले साउदी अरेबिया र इरानका अधिकारीहरुलाई संयम रहन आग्रह गरेको चिनियाँ सरकारी वेभसाइटमा जनाइएको छ ।

यो पनि पढ्नुस्।

यमनको अल कायदाले साउदी अरेबियासँग बदला लिने

वार्ताबाट किन बाहिरिए प्रचण्ड र कमल थापा ?

मध्यपुर्व काम गरिरहेका नेपाली कामदारको रोजगारी धरापमा