२७ पुस, साना।
साउदी अरेबियाको सरकारले हालैमात्र दिएको मृत्युदण्डको विषयलाई लिएर यमनमा रहेको अल कायदाको समूहले साउदी अरेबियासँग बदला लिने जनाएको छ ।

हालै सार्वजनिक गरिएको अल कायदाको नामको भिडियो टेपमा सो चेतावनी दिइएको सिन्ह्वाले जनाएको छ ।

सोही मृत्युदण्डको कारण पछिल्लो समयमा साउदी अरेबिया र इरानको पनि कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ ।

यसै समयमा यमनमा रहेको भनिएको अल कायदाको शाखाले सो चेतावानी दिएको हो । उसले ती सुन्नी समुदायका नागरिकको हत्याको योजना अमेरिकी नेतृत्वको कथित आतङ्कवादविरोधी अभियानको सहयोगीका रुपमा आएको पनि सो भिडियोमा जनाइएको छ ।

यस मृत्युदण्डपछि साउदी अरेबियाको इरानमा रहेको कुटनीतिक नियोगमाथ हमला भएको थियो । त्यसपछि साउदी अरेबियाले इरानसँग पनि एकपक्षीय रुपमा कूटनीतिक सम्बन्धको अन्त्यको घोषणा गरेको थियो ।

यो पनि पढ्नुस्।

मध्यपुर्व काम गरिरहेका नेपाली कामदारको रोजगारी धरापमा

अस्तव्यस्त कांग्रेसका भ्रातृसंस्था: पार्टी महाधिवेशनअघि कुनै भ्रातृसंस्थाको महाधिवेशन नहुने

बढ्यो सक्रियता पूर्वयुवराजको

पृथ्वी जयन्ती: जुलुस, लाठीचार्ज देखि प्रधानमन्त्रीको उपस्थितिसम्म (फोटो फिचर)

यसकारण पकेटमा मोबाइल राख्नुहुँदैन