२४ साउन, सप्तरी । प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

सुरुङ्गा नगरपालिका–७ पोखरिया र वडा नं– १० पटेर्वाबाट प्रहरीले नियन्त्रणमा लिएको सात सय लिटर मदिरा नष्ट गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको टोलीले अवैध मदिरा सङ्कलन गरी नष्ट गरेको हो ।

प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्दै आएका एकदर्जन घरमा लुकाइ राखेको अवस्थामा स्टिल र प्लास्टिकका भाँडाकुडा, ड्रम, ग्यालेन, टिन र ग्यास सिलिण्डरसमेत नियन्त्रणमा लिएको छ ।