एजेन्सी।

आफ्ना स्मार्टफोनमा प्रयोगकर्ताहरूले सङ्कलन गरेर राख्ने डाटाहरूको मात्रा सोँचेको भन्दा बढि हुन थालेपछि सामुसङ कम्पनीले हालै २५६ जिबीको माइक्रो एसडी मेमोरी कार्ड सार्वजनिक गरेको छ।

यो भन्दा पहिला गत मार्चमा सानडिस्क (SanDisk) कम्पनीले २०० जिबी मेमोरी कार्डको आविष्कार गरेर संसारकै विशाल स्टोरेज भएको मेमोरी कार्डको पहिलो सूचीमा पर्न सफल भएको थियो। तर सामसुङको यो नयाँ आविष्कारपश्चात भने सानडिस्क कम्पनीको मेमोरी कार्ड दोस्रो स्थानमा खस्किन पुगेको छ।Samsung_256GB_microSD-970-80

२५६ जिबीको ईभो प्लस (EVO Plus) माइक्रोएसडी कार्डमा ९५ एमबीपीएसको डाटा पढ्ने क्षमता र ९० एमबीपीएसको डाटा लेख्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले गरेको दाबीका अनुसार, यस मेमोरी कार्डले ५५,२०० तस्विरहरू, १२ घण्टाको ४के भिडियो, ३३ घण्टाको एचडी भिडियो वा २३,५०० गीतहरू राख्न सक्दछ।

यहि आउँदो जून महिनाबाट संसारभरीका ५० भन्दा बढि देशहरूमा २४९.९९ डलरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध गराइने ईभो प्लस स्मार्टफोनबाट तस्विर खिच्ने पारखीहरूको लागि प्रभावशाली हुने कम्पनीले बताएको छ।

यो पनि हेर्नुहोस्-
सामसुङ ग्यालेक्सी एस-७ लाई खोलेर भित्रबाट हेर्दा यस्तो देखिन्छ
सामसुङ विरुद्ध फेरी मुद्धा, एप्पलले गर्यो १८० मिलियनको माग
सामसुङले ल्यायो पारदर्शी टि.भी.