३० वैशाख, एजेन्सी।

चीनको उत्तरपश्चित स्थित प्रान्त गान्सुको राजधानी लान्झाउबाट बुधबार दिउँसो काठमाडौंको लागि एक मालवाहक रेल छुटेको छ।china to nepal rail 132361515

चीनको पत्रिका पिपुल्स डेलीको अनुसार यो यात्रा १० दिनको हुनेछ र तीन भागमा बाँडिएको छ।

पहिलो, लान्झाउबाट सिगात्सेसम्म २,४३१ किलोमिटरको रेल यात्रा, दोस्रो, सिगात्सेबाट नेपालको गिलोङ पोर्टसम्म ५६६ किलोमिटरको सडक यात्रा र गिलोङबाट १६० किलोमिटरको सडक यात्रा हुदैँ ४३ कार र दैनिक घरायसी सामाग्री सहितको ८६ कार्गो कन्टेनर काठमाडौं आइपुग्ने पिपुल्स डेलीले लेखेको छ।

चीनले पहिलो पटक गरेको नेपालसंगको संयुक्त पारवहान सेवाले चीनको गान्सु प्रान्त लगायत दक्षिण एसियाका क्षेत्रको उद्योग तथा आर्थिक विकासमा समेत टेवा मिल्ने पत्रिकाले लेखेको छ।

यो यात्रा परम्परागत सामुन्द्रीक यात्रा भन्दा ३५ दिन छिटो हुने पिपुल्स डेलीले जनाएको छ।

china to nepal rail 121712915 china to nepal rail 153245515 china to nepal rail 142813715