३ भदौ, काठमाडौं । सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगको कार्यालयमै आत्महत्या गरेका एक कर्मचारीको सुसाइड नोट फेला परेको छ ।

राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चु केसी आयोगको कार्यालयमै मंगलबार मृत भेटिएका थिए । घटनास्थलबाट प्रहरीले सुसाइड नोट फोला पारेको छ । सुसाइड नोटमा केसीले आफू कसैको कारणले आत्महत्या नगरेको उल्लेख गरेका छन् ।

सुसाइड नोट हेर्दा पारिवारित तनावका कारण आत्महत्या गरेको जस्तो देखिने घटनास्थलमा खटिएका एक अनुसन्धान अधिकृतले बताए । श्रीमतीलाई ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेर उल्लेख गरेका कारण पारिवारिक तनाव अनुमान गर्न सकिने उनको भनाइ छ ।

उनले आफ्नो मृत्यु पछि मृत्युको कारणलाई लिएर अन्यथा अर्थ नलगाउन पनि आग्रह गरेका छन् । प्रहरीले उनको सुसाइड नोट परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ ।