मानिसका सोखहरु अचम्मका हुन्छन्। सन् १९५० मा फ्रान्समा जन्मेका माइकल नामक एक व्यक्ति, जसले साइकल देखि हवाइजहाज, जे देखेपनि खान बसिहाल्थे।

जब माइकल ९ वर्षका थिए, घरमा भएको टिभी थोरै थोरै गरेर खान्थे। यसैबेला देखि उनको परिवार अनि विश्वले नै उनको यस्तो अनौठो खानकीको बारेमा थाह पायो।

Michel lotito metal eater (2)

उनी पिका नामक एक रोगबाट ग्रस्त थिए। यो रोग भएको मानिसले लगभग हरेक चिज खान सक्छ चाहे त्यो कुनै धातु नै किन नहोस।

Michel lotito metal eater (5)

जब उनले सिसा लगाएत वस्तुहरु खान थाले तब उनलाई अब सबैकुरा खान सक्छु भन्ने आभाष भयो। त्यसपश्चात यो कामलाई नै आफ्नो करिअर बनाए उनले।

Michel lotito metal eater (6)

पहिला पेट्रोल खाएर घाँटी नरम गरिसकेपछि धातुहरुलाई सानो सानो टुक्रा गरि खान्थे, ती प्रत्येक टुक्रासंगै पानी लगातार खाने गर्थे। उनले दैनिक करिब २ किलो फलाम नै खान गरेका थिए।

Michel lotito metal eater (1)

सन् २००७ सम्म यी व्यक्तिले दुई खाट, सात टिभी सेट, १८ साईकल, १५ सपिङ कार्ट र एउटा हवाइजहाज खाईसकेका छन्। उनले एउटा ‘सेसना १५०’ हवाइजहाज सन् १९७८ देखि सन् १९८० सम्म दुई वर्ष लगाएर खाएका थिए।

Michel lotito metal eater (4)

सन् २००७ जुन २५ मा उनको मृत्यु भयो। धातु खाएकै कारणले उनको मृत्यु भएको खुबै चर्चा भए पनि डाक्टरहरुले भने उनको मृत्यु प्राकृतिक नै भएको घोषणा गरेका थिए।

Michel lotito metal eater (3)

यो पनि पढ्नुहोस।
रंगीचंगी आकाशः आकाशमा निलै रंगमात्र देखिदैन
अनौठा शरिरका ९ व्यक्ति – फोटो फिचर