sindhu bikash bank logo२४ साउन, काभ्रे । सिन्धु विकास बैंकले सिन्धुपाल्चोकको मुढे बजारमा शाखा स्थापना गरेको छ । जिल्लाका पूर्वि भेगका गाविस र छिमेकी दोलखा जिल्लालाई समेत बैंकिंग सुविधा पुर्याउने उद्देश्यले स्थापित सो शाखाको मङ्गलबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले उद्घाटन गर्नुभएको हो ।

व्यापारीहरूको सक्रियतामा तीन वर्षअघि स्थापित उक्त बैंकको मुख्य कार्यालय बाह्रबिसे बजारमा रहेको छ । बैंकले हालसम्म रु ६५ करोड निक्षेप सङ्कलन गरी रु ५५ करोड ऋण लगानी गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बैंकको चुक्ता पुँजी रु पाँच करोड र अधिकृत पुँजी रु पाँच करोड रहेको छ । एक सय चौरासी जना सेयर धनी रहेको सो बैंकको चार लाख ९० हजार कित्ता साधारण सेयर बिक्री भएको बताइएको छ ।